‘देशलाई दुर्घटनाबाट बचाउन र राजनीतिक विकृति हटाउन महिलाहरू राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आउनुपर्छ ’

शनिबार, ११ चैत, २०७९
डिजिटल संस्करण

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई दुर्घटना बाट बचाउन र राजनीतिक विकृति हटाउनका लागि महिलाहरु राजनीतिमा हस्तक्षेपकारी भुमिकामा आउनु पर्ने बताएका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कुल जनसंख्याको आधा हिस्सा ओगटेको महिला शक्तिलाई राजनीतिबाट बाहिर राखेर गरिने कुनैपनि महिला शसक्तिकरणको अर्थ नहुने बताए ।

शुक्रबार भैरहवामा भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले नेपाल राजनीतिक संस्कार हराउँदै गएकाले नैतिकताको उदाहरणका लागि आफुहरु सरकारबाट बाहिरिएको समेत बताए ।

नेपालमा पुराना भनिएका राजनीतिक दलहरु कहिल्यै पनि नसुध्रिने भन्दै उनले राजसंस्थाको अस्तित्व र हिन्दु राष्ट्रको आवश्यकतालाई आफ्नो पार्टीले मुल मुद्धा बनाएको बताए । 

नेकपा माओवादीप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले परिवर्तनको नारा रट्ने पार्टीबाटै जनता प्रताडित भएको भन्दै हतारमा सहिद घोषणा गर्दा जिउँदा व्यक्तिलाईसमेत सहिदको लिस्टमा राख्न पुगेको भन्दै आलोचना गरे ।

सुझावित समाचार