सन् १९९९ : इतिहासमै पहिलोपटक नेटोद्वारा सार्वभौमसत्ता सम्पन्न देशमाथि आक्रमण । कोसोभो युद्धको समयमा सैन्य गठबन्धनले संयुक्त राष्ट्रको अनुमतिविना युगोस्लाभियामा बमबारी गरेको थियो ।
सन् १९८९ : तेल ट्यांकर एक्सन वाल्डेज अलास्कामा दुर्घटना । दुर्घटनामा कम्तीमा दुई लाख ५० हजार समुद्री चरा र अन्य वन्यजन्तु मारिएका थिए ।
सन् १९६५ : लाखाैँ मानिसले नासाको अन्तरिक्षयान रेंजर ९ चन्द्रमामा दुर्घटना भएको अवलोकन गरे । अमेरिकी अन्तरिक्ष अनुसन्धानले पृथ्वीमा प्रत्यक्ष तस्बिर पठाएको थियो ।
सन् १८८२ : रोबर्ट कोचले क्षयरोगका लागि जिम्मेवार ब्याक्टेरिया पत्ता लगाए । आधुनिक ब्याक्टेरियोलोजीका पिता मानिने जर्मन वैज्ञानिकले सन् १९०५ मा फिजियोलोजी र मेडिसिनमा नोबेल पुरस्कार जितेका थिए ।
सन् १९८५ : स्पेनमा नेटोको उपस्थितिको विरोधमा म्याड्रिडमा हजारौँको प्रदर्शन ।
सन् १९७२ : उत्तरी आयरल्यान्डमाथि बेलायतको प्रत्यक्ष शासन सुरु ।