एनसेलले ल्यायो ‘मज्जाको प्लान’

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकका लागि आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । कम्पनीले नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ नाममा सञ्चालनमा ल्याएको हो । 

ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पिओएस)बाट यो प्याक खरिद गर्न सक्ने जनाइएको छ । यो स्टार्टर प्याक करसहित पाँच सय ९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले २० जिबी डेटा र एक सय ५० मिनेट लोकल टक टाइम प्राप्त गर्ने उल्लेख छ । डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनका लागि मान्य रहने जनाइएको छ । 

यो प्लान सुचारु गर्ने ग्राहकले दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, पाँच सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस पाउने उल्लेख छ । 

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान पाँच सय ९९ रुपैयाँमा नै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जतिपटक पनि खरिद गर्न सक्ने जनाइएको छ । त्यस्तै, प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाका विभिन्न प्याक एनसेल एप तथा एसएमएस र युएसएसडीजस्ता अन्य माध्यमबाट सुचारु गर्न सक्ने उल्लेख छ । 

See More On

सुझावित समाचार