१९ सय विन्दुनजिक नेप्से

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

सेयर बजार आज पनि सामान्य अंक घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले घटेर एक हजार नौ सय ३३.३१ विन्दुमा झरेको छ।

जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको सेयर घटेको छ। दुई सय ५८ वटा कम्पनीका ३४ लाख दुई हजार कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको चार करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर झन्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयर घटेको छ।

समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनी र युनिक नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

सुझावित समाचार