नेपालले पहिलो विकेट गुमायो, विस्फाेटक सुरुवात दिएर कुशल पेभेलियन फर्किए

आइसिसी पुरुष विश्वकप लिग - २

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

पपुवा न्युगिनी (पिएनजी)ले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको  छ । 

आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल ३३ रन बनाएर आउट भएका छन् । १४ बलको सामना गरेका उनले दुई छक्का र चार चौका प्रहार गरे । उनले काबुए मोरियाको एकै ओभरमा २६ रन बटुले । 

आक्रामक सुरुवात गरेको नेपालले पाँच ओभर सकिँदा ६३ रन बनाएको छ । आसिफ शेख र कुशल मल्ल क्रिजमा छन् । आसिफले ११ बलमा १७ रन तथा कुशल मल्लले आठ बलमा ११ रन बनाएका छन् ।  

सुझावित समाचार