‘कोसी’ नामांकनको विरोधमा भएको बन्दले जनजीवन प्रभावित

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

कोसी प्रदेशको नामांकन विरोधमा पहिचानवादीले कोसी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ। प्रदेश सभाले प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजाति आन्दोलनमा उत्रिएका छन्  । 

प्रदेश १ को पुनः नामांकन संघर्ष समितिले आइतबार चक्काजाम गरेको हो । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्। बिहानैदेखि आन्दोलनकारीहरू सडकमा उत्रिएका छन् । ‘निजी सवारी चलिरहेको छ। सार्वजनिक सवारीसाधन सडकमा कम देखिन्छन्,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले भने ।

उनका अनुसार झापामा पाँचजना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘शान्तिपूर्ण प्रदर्शन गर्नेलाई केही गर्दैनौँ । उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गर्छौँ,’ उनले भने । प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजातिले आन्दोलन गर्दै आएका छन्। उनीहरूले प्रदेश सभाले आदिवासी–जनजातिको पहिचान नै नामेट गरेको आरोप लगाउँदै आएका छन् ।

सुझावित समाचार