११ ओभरमा नेपालको ५० रन पूरा, आसिफ र कुशल क्रिजमा जम्दै

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
११ ओभरमा नेपालको ५० रन पूरा, आसिफ र कुशल क्रिजमा जम्दै

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल चलिरहेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो । 

अहिले क्रिजमा आसिफ शेख २८ र कुशल भुर्तेल २१ रन बनाएर खेलिरहेका छन् । 

टस जितेर पपुवा न्युगिनीले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

सुझावित समाचार