३ प्रश्न

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई कसरी हेर्ने गर्नुभएको छ ?
यो एउटा उत्सव मनाउने, खुसी साटासाट गर्ने दिन हो । यो आममहिलामा उत्साह भर्ने दिन हो । सुरुमा श्रमिक महिला दिवस भन्ने गरिए पनि पछिल्लो समयमा यो वर्गीय हुँदै गएको छ । वर्गैपिच्छे मनाउने चरित्र पनि फरक देखिने गरेको छ । ‘हाई क्लास’ का महिलाले मनाउने र निम्न तथा निम्नमध्यम वर्गले मनाउने दिवसको शैलीमा ठुलो अन्तर देखिन्छ । 

महिला दिवस मनाउँदै गर्दा नेपाली महिलाको अवस्था कस्तो पाउनुभएको छ ?
देशमा राजनीतिक परिवर्तनको लहर आएको छ । महिलाले राजनीतिक अधिकार पाएका छन् । तर, केही ‘टोकन वुमन’ बाहेक अन्यको अवस्थामा खासै परिवर्तन आएको छैन । स्थानीय तहका वडादेखि राष्ट्रपतिसम्म महिला पुगेको दाबी त गरिन्छ । तर, यसबाट सीमित व्यक्ति र वर्गले मात्र लाभ लिएको अवस्था छ । कतिपय नाबालिकाहरू पीडित बनेका गम्भीर प्रकृतिका यौनजन्य दुव्र्यवहारमा समेत उल्टै पीडितलाई नै लाञ्छित गर्नेसम्मका काम पनि भइरहेका छन् ।

नेपाली महिला सशक्तीकरणमा हामी कहाँ चुकिरहेका छौँ ?
महिला सहभागितालाई प्रतिनिधित्वमूलक बनाउने विषयमा हामी चुकिरहेका छौँ । हामी कुनै पनि तह, निकाय या पदमा सारी लगाउने कतिजना पुगे भनेर गन्ती गरेर हेर्छौं । यथार्थमा महिलाको सही अर्थमा समावेशी प्रतिनिधित्व हुन सक्यो कि सकेन, उनीहरू अधिकारसम्पन्न हुन सके कि सकेनन् भनेर हेरिन्न । हामी यहीँनिर चुकिरहेका छौँ । 

सुझावित समाचार