आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीचको खेल चलिरहेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरिरहेको पिएनजीले दोस्रो विकेट गुमाएको छ ।
पिएनजीका टपअर्डर ब्याटर सेसे बाओलाई आसिफ शेखले रनआउट गराए । ताजा अवस्थामा पिएनजीले १९ ओभरमा दुई विकेटको क्षतिमा ७४ रन बनाएको छ ।
त्यसअघि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा किप्लिन डोरिगालाई एलबिडब्लू आउट गर्दै नेपाललाई ब्रेकथ्रु दिलाएका थिए । ४३ बल खेलेका डोरिगाले तीन चौकाकाे सहायतामा २६ रन बनाए ।
नेपालले सोमपाल कामी र करण केसीबाट बलिङ सुरुवात गरेको थियो । दुवैले पाँच–पाँच ओभर बलिङ गरिसक्दा पिएनजीले विना कुनै क्षति ४१ रन बनाएको थियो ।