सामान्य घट्यो सुनको मूल्य

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. एक सयले घटेको छ ।अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार ६ सय कायम भएकोमा आज रु. एक लाख दुई हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख दुई हजार एक सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार दुई सय ६५ तोकिएको महासंघले जनाएको छ ।

सुझावित समाचार