ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले दिए अस्पताल प्रमुखको जिम्मेवारी

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण
ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले दिए अस्पताल प्रमुखको जिम्मेवारी

अस्पताल प्रमुखको जिम्मेवारी पाएका संजय गुप्ता (बायाँ)

सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको मनोमानी अझै रोकिएको छैन । नगरप्रमुख गुप्ताले आफनो मामाको छोरा डाक्टर संजय गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गैर कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिएपछि थप बिबाद सिर्जना भएको छ ।

दैनिक ज्यालादारीमा कोभिड अस्पतालमा कार्यरत डाक्टर संजय गुप्तालाई नगरप्रमुख ललन प्रसाद गुप्ताले २०७९ साउन १३ गतेको कार्यपालिकाको बैठकबाट ६ महिनाको लागि करारमा म्याद थप गरेका थिए । तर डाक्टर गुप्ता तीन महिनासम्म अस्पतालमा अनुपस्थित रहे ।

प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादबले हस्ताक्षर गरेको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय प्रमुखको पदमा रहेर कार्य गर्न जिम्मेवारी दिएको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले बताए  । ती कर्मचारीले भने,‘डाक्टर गुप्ता ३ महिनासम्म अस्पताल आएनन्,अहिले अचानक नियमकानूनलाई मिचेर कार्यालय प्रमुखको जिम्मेबारी दिइएको छ । ’ 

ति कर्मचारीले भने, ‘निजामति कर्मचारी बाहेकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन नगर कार्यापालिका र अस्पतालको व्यवस्थापन समितिले सम्मपूर्ण जिम्मेवारी लिएपछि मात्रै दिन मिल्छ । तर यहाँ त कुनै प्रक्रिय पु¥याइएको छैन ।’ डाक्टर साहले प्रमुखको जिम्मेबारी पाएको पत्र थमाएपछि शुक्रबार अस्पतालमा एक कार्यक्रम गरि हाजिरी गराइएको थियो ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णा साहले डाक्टर संजयलाई कार्यालय प्रमुखको जिम्मेबारी दिएकोबारे कुनै जानकारी नभएको बताए । उनले भने,‘ नियमअनुसार अहिले डाक्टर संजय कर्मचारी होइनन्, कसरी प्रमुखको जिम्मेवारी दिइयो मलाई जानकारी छैन । भोली कार्यालय खुलेपछि जिम्मेबारी तोक्नेव्यक्तिसँग यसको जवाफ लिन्छु । ’

व्यवस्थापन समितिका अध्यक्ष साहले समितिको बिना जानकारी प्रमुखको रुपमा हाजिर गराउने कर्मचारीहरुलाई समेत समितिको बैठक बसेर यस विषयमा सोधपुछ गर्ने बताए । ‘म यहाँका जनतालाई राम्रो सेवा दिन आएको हो,कुनै व्यक्तिको एकल निर्णय कार्यान्वयन गर्न होइन् । काम गर्न सकिदैन भने म अस्पतालको व्यवस्थापन समितिबाट राजीनामा दिन्छु ।’  

डाक्टर गुप्ता एमडी अध्ययनका लागि भन्दै बिना कुनै जानकारी तीन महिनासम्म अस्पताल आएका थिएनन् । नेपाली काग्रेसका नेता दिपक कुमार गुप्ताले केही समयअघि अस्पतालमा सेवा लिन जाँदा सेवा राम्रो नपाएपछि मेयर मामाको छोरा अस्पताल नआएपनि तलब खाइरकोप्रति सामाजिक संजालबाट विरोध जनाएका थिए ।  अस्पतालका व्यवस्थापन समिति सदस्य ललित शर्माले डाक्टर संजय तीन महिनापछि अस्पताल आएपनि जवर्जस्ती एक महिना हाजरी बनाएको बताउँदै तीन महिनाकै हाजिरी बनाउन खोज्दा आफूले रोकेको बताए ।

नगरप्रमुख गुप्ता र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलसहित १६ जना कार्यापालिका सदस्य आन्दोलनरत छन् । बिगत्को कार्यपालिका बैठकमा उपप्रमुखसहितका बहुमत कार्यापालिका सदस्यहरुले करारका कर्मचारीहरुको म्याद थप गर्न लिखित प्रस्ताव पेश गर्दासमेत अर्को बैठकमा गर्ने भन्दै पन्छाएका थिए । मेयर गुप्ताले त्यो बारे आफुलाई कुनै जानकारी नभएकाले स्वास्थ्य शाखासँग सोध्न आगह गरे ।  

तर, यसबारे बुझ्न खोज्दा स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले फोन उठाएनन् भने सहसंयोजक डम्बर गुप्ताले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

सुझावित समाचार