सिन्धुलीमा इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो’ सार्वजनिक

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ‘ट्रियो’ नामक लिथियम–आइओन ब्याट्रीबाट सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सिन्धुलीमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका–६, राम्माडीमा सिन्धुली नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक गरेको हो । 

सोही अवसरमा पाँचजना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको जनाइएको छ । सिन्धुलीका लागि विक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशकहरू खडकबहादुर श्रेष्ठ र टीकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने उनीहरूको दाबी छ । 

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सिबियू) संरचनाका माध्यमबाट नेपाल आउने कम्पनीले जनाएको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ सुरु भएको जनाइएको छ ।  महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक दुई लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीको दाबी छ । 

सुझावित समाचार