भारतको मुम्बइमा उपचाररत कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । अस्पतालका डा. सुनिल केस्वानीका अनुसार सोमबार भेन्टीलेटर हटाउने योजना रहेको भण्डारीका सहयोगी योगराज कँडेलले जानकारी दिए ।
घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका सांसद डा. भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
चिकित्सकहरुले मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकाले हाललाई अर्को सर्जरी नगर्ने बताएका कँडेलले जानकारी दिए । यसअघि शुक्रबार उनको दुबै खुट्टाको सर्जरी गरिएको थियो ।