सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार, १६ देशका आठ हजार सात सय ७१ जना सहभागी हुँदै

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

१७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९ शनिबार हुँदै छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजना तथा औद्योगिक घराना लक्ष्मी ग्रुपको उत्पादन सफल दूधको मुख्य प्रायोजनामा हुने म्याराथनको सम्पूर्ण तयारी पूरा  भएको आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा शनिबार बिहान ६ बजेबाट सुरु हुने प्रतियोगिताअन्तर्गत विभिन्न विधामा हुने दौडमा १६ देशका आठ हजार सात सय ७१ जनाले नाम दर्ता गराएका आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

उनीहरूमध्ये खुल्ला म्याराथनमा एक सय ५०, महिलातर्फको हाफ म्याराथनमा ३४, १० किमि पुरुषतर्फ ६ सय र महिलातर्फ तीन सय, पाँच किमि पुरुषमा ७०, विद्यालयका छात्रतर्फ एक हजार ६ सय र छात्रातर्फ नाै सय ५० धावकले सहभागिताका लागि नाम दर्ता गराएका पराजुलीले जानकारी दिए ।

यसैगरी ह्विलचियरतर्फ ४७, दृष्टिविहीनतर्फ ९० र ‘रन फर फन’तर्फ सहभागिताका लागि पाँच हजारजनाले नाम दर्ता गराएका छन् ।

सुझावित समाचार