नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमालेप्रति इंगित गर्दै नेपालले पार्टीले धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमाले नेताहरू दंग परेकाे दाबी गरे । आश्वासन पाएका सबै अन्तिममा ‘सेन्टिफ्ल्याट’ हुने उनको दाबी छ ।
‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । कोको सेन्टिफ्ल्याट खाने हो थाहा छैन,’ अध्यक्ष नेपालले भने ।