हुस्सुभित्र लुकेको कुशीनगर [फोटोफिचर]

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर लुम्बिनीबाट करिब १७५ किलोमिटर दूरीमा पर्छ । बुद्धको मामाघर रामग्राम हुँदै जाँदा भने करिब २०० किलोमिटर टाढा छ ।

भारतको उत्तर प्रदेशमा पर्ने कुशीनगरमा गौतम बुद्धको अन्तिम संस्कारसमेत भएको थियो । त्यसैले पनि लुम्बिनीमा जस्तै बौद्ध धर्मावलम्बीहरु विश्वका कुनाकुनाबाट विभिन्न व्यक्तिको नाममा दीप प्रज्ज्वलन गर्न र भेटी दान गर्न कुशीनगर पुग्छन् ।

यहाँ विभिन्न देशले आ–आफ्नै शैलीमा गुम्बा र चैत्यहरु निर्माण गरेका छन् । लुम्बिनी र कुशीनगरका संरचनाहरुमा धेरै समानता भेट्न सकिन्छ । यहाँ लुम्बिनीका जस्तै पुराना इँटाबाट बनेका प्रशस्तै भौतिक संरचनाहरु छन् ।

धार्मिक पर्यटनका लागि सबै समय उपयुक्त हुने भएपनि अन्य पर्यटकका लागि भने चिसोको समय त्यति उपयुक्त होइन । दिउँसोको करिब १ बजेसम्मै मौसम राम्रोसँग नखुल्ने हुँदा दृश्यावलोकनका लागि कठीन हुन्छ ।

See More On

सुझावित समाचार