२७ वर्षदेखि कार्यालयको सुरक्षामा खटिएका गुरुङको उपचार खर्च कांग्रेसले बेहाेर्ने

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षागार्डका रूपमा कार्यरत वीरबहादुर गुरुङको उपचार खर्च कांग्रेसले बेहाेर्ने भएको छ।

कांग्रेस कार्यालयका सचिव प्रेम केसीले ब्लड क्यान्सरपीडित गुरुङको सम्पूर्ण उपचार खर्च कार्यालयले बेहाेर्ने जानकारी दिए।

उनकाे सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको केसीले जानकारी दिए। विगत ८ दिनदेखि उपचाररत राको उपचारमा झण्डै डेढ लाख खर्च लागेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिए। गुरुङ २७ वर्षदेखि कांग्रेस कार्यालयमा कार्यरत छन्। 

गुरुङको स्वास्थ्य अवस्थाबारे महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए। राईको उपचारमा केन्द्रीय कार्यालयका तर्फबाट सचीव केसीले आवश्यक संयोजन गरिरेहेका छन्।

सुझावित समाचार