भारतको ‘वेरेबल’ ब्रान्ड बोटले नेपाल पोर्टफाेलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीमा केही उत्पादनहरू थप गरेको छ । नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरूको बढ्दो मागसँगै उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको कम्पनीले जनाएकाे छ ।
बोट एक्सटेन्ड प्रो १.७८ इन्चको AMOLED डिस्प्ले र ३० मिनेटको ‘ए साप’ फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ । एक्सटेन्ड प्रो ब्लुटुथ कलिङका लागि इन-बिल्ट स्पिकर साथ आउँछ ।
यो स्मार्टवाचमा सात सयभन्दा धेरै एक्टिभ मोडहरू रहेका छन्, जसले वास्तविक समयमा हृदय गति ट्र्याकिङ, SpO2 अनुगमन र धेरै ‘वाच फेस’हरू र थिमहरूलाई समर्थन गर्ने बताइएकाे छ । आइपी ६८ डस्ट र वाटर रेसिस्टेन्सको साथ एक्सटेन्ड प्राेलाई धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी बताइएकाे छ।
१.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको बाेट वेभ कलमा ब्लुटुथ कल गर्न सकिन्छ । १० दिनसम्मको ब्याट्री ब्याकअप भएको यस स्मार्टवाचमा SpO2 र मुटुको धड्कन ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ । त्यस्तै यसमा १० जनासम्मको कन्ट्याक्टहरू सेभ गर्न मिल्छ ।
एक्टिभ नोइज क्यान्सलेसनयुक्त एअरपड 411 ANC ले २५ डिबिसम्मको बाहिरको वातावरणीय हल्लाहरूलाई शान्त गर्न सक्छ । 2 ENx इनेबल्ड माइकहरू भएको एअरपड 411 ANC ले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ । १७.५ घन्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचरयुक्त १० एमएमको ड्राइभरहरू पनि राखिएको छ । त्यस्तै बोट ए साप चार्जमार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घन्टासम्म चलाउन सकिन्छ ।