टिभिएस स्कुटरमा भ्यालेन्टाइन अफर

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसरमा टिभिएस स्कुटरमा “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको छ । योजनाअन्तर्गत कुनै पनि मोडेलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुट पाउनेछन् । मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री  गर्दै आइरहेको छ । 

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसीको स्कुटर रहेको कम्पनीको दाबी छ । यसमा रहेको बिएस ६ र आरटी एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपीभन्दा बढीको पावर जेनेरेट गर्छ । यसमा भएको राइड मोड (स्ट्रिट–रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै, यसमा भएको ब्लुटुथ कनेक्टिभिटी र भ्वाइस असिस्टले गर्दा आफ्नो स्कुटरलाई सजिलै आफूले चाहेजसरी कन्ट्रोल गर्न पनि सकिन्छ । 

यस योजनाअन्तर्गत ग्राहकले जम्मा रु. ३,९९९/– (रु. १३३ प्रतिदिन), २५ प्रतिशत डाउनपेमेन्ट गरेर ११/९९% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागू हुनेछ ।

सुझावित समाचार