प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेट भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको छ।

सुझावित समाचार