हिमालयन बैंकको नि:शुल्क स्वास्थ्य शिविर

बिहिबार, १२ माघ, २०७९
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडले बैँकको ३०औँ वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउन्डेसनको सहकार्यमा माछापुच्छ्रे स्वास्थ्यचौकी, टुसे, कास्कीमा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

बैँकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डा. सन्यम बजिमय टोलीको नेतृत्व, नेत्रधाम फाउन्डेसनको सहकार्य तथा हिमालयन बैँकको सहयोगमा ४ माघदेखि ६ गतेसम्म नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो । 

उक्त तीनदिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका तीन सय ९० जनाले नि:शुल्क आँखा परीक्षण गराएका छन् भने २६ जनाले नि:शुल्क मोतिबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएका छन् ।  ७ माघमा केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा १०० जनाले रक्तदान गरेको बैंकले जनाएको छ । 
 

सुझावित समाचार