नेपाल सवारीसाधन प्रदूषण मापदण्ड भन्नाले के बुझिन्छ ?

अर्थ ज्ञान

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्काभेटर, दमकलबाहेकका सवारी र ढुवानी साधनका लागि अधिकतम कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन, नाइट्रोजन अक्साइडजस्ता वातावरणीय असर पर्ने तत्वहरूको मापन नेपाल सरकारको सम्बन्धित निकायबाट निश्चित गरिएको छ । यसैलाई नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भनिएको हो । 

मुलुकमा पैठारी हुने नयाँ सवारी र ढुवानी साधन नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ बमोजिम हुनुपर्दछ । यसैले आयातको समयमा नै टिए (टाइप अप्रुभल) र सिओपी (कन्फर्निटी अफ प्रडक्सन)को प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्छ । 
– भन्सार विभाग

सुझावित समाचार