‘युके एजुकेसन फेयर’ आयाेजना गर्दै एसआई-युके

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

एसआई–युकेले फेब्रुअरी ४ र ५ मा युके एजुकेसन फेयर आयोजना गर्ने भएको छ। मेला फेब्रुअरी ४ मा राजधानीको होटेल र्‍याडिसनमा र फेब्रुअरी ५ मा पोखराको सिटी स्क्वायरमा हुने आयोजक टिमले जनाएको छ। 

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिघंम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्यान्डका ३० भन्दा बढी ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। 

एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेसन फेयर भएको बताउँदै बेलायत र आयरल्यान्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरबारे जानकारी लिने मौका पाउने दाबी गरेको छ।

एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीलाई युकेमा उच्च शिक्षा हासिल गर्न सही परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ।

सुझावित समाचार