ट्रेकिङ जानुअघि...

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

भौगोलिक अवस्था बुझ्ने : ट्रेकिङ जान लागेको ठाउँबारे पूर्वजानकारी लिन जरुरी हुन्छ । त्यहाँको भौगोलिक अवस्था र कठिनाइबारे सजग भइएन भने ठूलो विपत्ति आइपर्न सक्छ । पदमार्गबारे पनि जानकारी लिनुपर्छ । 

मौसमबारे पूर्वजानकारी लिने : नेपालको भौगोलिक वनावट फरक–फरक छ । त्यसमा पनि हिमाली र पहाडी क्षेत्रमा छिटो–छिटो मौसम परिवर्तन भइरहन्छ । त्यसैले पनि मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्रै यात्रामा निस्कनुपर्छ ।

स्वास्थ्यमा ध्यान दिने : पूर्ण रूपमा स्वस्थ भएको अवस्थामा मात्रै ट्रेकिङमा निस्कनुपर्छ । नत्र, बीचबाटोमा गएर समस्यामा परिन्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्छ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नुपर्छ । 

आवश्यक सामान : ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानुपर्छ । ज्याकेट, पन्जा र अहिलेको चिसो मौसममा बाक्लो मोजा पनि चाहिन्छ । कतिपय ट्रेकिङ रूटमा होटेल, रेस्टुरेन्ट उपलब्ध नहुने भएकाले इनर्जी दिने चकलेटलगायतका केही खानेकुरा आफूसँगै बोक्नुपर्छ । 
 

See More On

सुझावित समाचार