नाडाको प्रतिनिधिमण्डलद्वारा ‘अटो एक्स्पो’को अवलोकन

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

भारतको ग्रेटर नोइडास्थित ‘इन्डिया एक्स्पो मार्ट’मा पुस २९ गतेदेखि सुरु भएको १६औँ ‘अटो एक्स्पो २०२३’ समापन भएको छ । माघ ४ गतेसम्म चलेको एक्स्पोको नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अवलोकन गरेको थियो ।

नाडाको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहित एक सय ५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन मेनुफेक्चरिङ एसाेसिएसनले आयोजना गरेको ‘अटो ट्रेड डायलग’मा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याबारे आफ्नो धारणा राखेका थिए । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एन्ड पोलिसी ट्रेन्ड’का विषयमा विशेष प्रस्तुति दिएका थिए ।

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एसाेसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एन्ड मेनुफेक्चरिङ एसाेसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीहरूबारे चर्चा गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।
 

सुझावित समाचार