प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मीलगायत नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।