एक वर्षमा शोभराजसहित ५५८ विदेशी नेपालबाट निष्कासित

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

सन् २०२२ मा नेपालबाट पाँच सय ५८ विदेशी निष्कासनमा परेका छन् । यो सन् २०२१ को तुलनामा करिब  तेब्बर हो । पछिल्लो वर्ष नेपाल आउने विदेशीको संख्या बढेसँगै निष्कासनमा पर्ने पनि बढेका हुन् ।

२०२१ मा दुई सय १८ जना निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२२ मा निष्कासनमा पर्नेमा पाँच सय २४ जना ओेभरस्टेसम्बन्धी कसुरमा र ३४ जना अन्य फौजदारी कसुरमा संलग्न छन् ।

यसरी निष्कासित हुनेमध्ये एक कुख्यात अपराधी चार्ल्स शोभराजसमेत छन् । उनलाई १० वर्ष आउन नपाउने गरी निष्कासन गरिएको छ।

सुझावित समाचार