कर्णाली प्रदेश : सभामुख र उपसभामुखको निर्वाचन १ माघमा

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेश सभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। 

कर्णाली प्रदेश सभाको दाेस्राे कार्यकालको दाेस्राे बैठकले सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते तोकेको हो। 

प्रदेश सभाका ज्येष्ठ नागरिक विनोदकुमार शाहले अध्यक्षता गरेको बैठकले माघ १ गते दिउँसो १ बजेका लागि सभामुख र उपसभामुखको निर्वाचन तोकेका हुन्।

कर्णाली सत्तागठबन्धन दलको आइतबार बसेको बैठकमा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।
 

सुझावित समाचार