फेसनेबल छु : हिमाल सागर

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
फेसनेबल छु : हिमाल सागर

गायक

फेसन ट्रेन्डलाई फलो गर्छु । हामी कलाकारका लागि पहिरन महत्वपूर्ण हुन्छ । हामी धेरै मान्छेको भिडमा पुग्नुपर्छ । सबैले नोटिस गर्ने भएकाले पनि पहिरनमा विचार पुर्याउनैपर्छ । त्यसकारण म पहिरनमा कन्सस छु । 

मलाई फरक लुक्स दिन मन पर्छ । मेरो पहिलेदेखिको सोख हो । आफूलाई मन परेको कपडा सपिङ गर्छु । सन् २०१३ मा कार्यक्रमका दौरानमा युके पुगेको थिएँ । त्यसवेला मैले एक लाखमाथिको सपिङ नै गरेको छु । युकेमा पाइने कपडा मलाई फेसनेबल लाग्छ । त्यहाँ भनेजस्तो कपडा पाइन्छन् । 

कार्यक्रमहरूमा प्रायः म क्याजुअल पहिरन लगाउँछु । हलभित्र हुने कन्सर्टमा फर्मल पहिरन पनि लगाउँछु । धेरैजसो कार्यक्रमा सुट–कोट नै लगाउँछु । सुटकोटभित्र टिसर्ट र पेन्सिल हिल टाइपको पार्टी सुज लगाउँछु । ओपन ठाउँमा कन्सर्ट भयो भने जिन्सको ज्याकेट र पाइन्ट लगाउँछु ।

मलाई कम्फर्ट लाग्ने पहिरन नै छनोट गर्छु । ब्लेजर कोट र पाइन्ट पनि लगाउँछु । कोट–पाइन्ट र टिसर्टले मेरो व्यक्तित्वसँग म्याच गरेको पाउँछु । आफूलाई सजिलो लाग्ने जुत्ता लगाउँछु । मलाई यही ब्रान्ड भन्ने छैन । कम्फर्टेबल हुने जुत्ता नै लगाउँछु । पहिरनअनुसारको जुत्ता छनोट गर्छु । कलर कम्बिनेसन पनि ख्याल गर्नुपर्छ । 

नेपालमा सपिङ कम गर्छु । विदेशको कार्यक्रममा गएका वेला उतैबाट सपिङ गर्छु । नेपालमा कमै सपिङ गर्छु । पहिरन मान्छेका लागि निकै महत्वपूर्ण छ, जसले व्यक्तित्व पनि खुलाउँछ । कन्फिडेन्ड पनि दिन्छ । तपाईंले बजार ट्रेन्डलाई फलो गर्नुपर्छ भन्ने छैन । अलि ड्रेस कन्सस हुनैपर्छ । त्यसले तपाईंलाई केही हदसम्म फरक लुक्स दिन सहयोग गर्छ । 

सुझावित समाचार