२० अंकले बढ्यो नेप्से, पाँच अर्ब ४६ करोडको कारोबार

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार २० अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अंकले बढेर दुई सय एक सय ६४ दशमलव ६२ बिन्दुमा पुगेको छ।

आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अन्य समूहको सेयर बढेको छ। बजारसँगै कारोबार रकम पनि बढेको छ। यस दिन दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको  कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बलेफी हाइड्रो र खप्तड लघुवित्तको सेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेस्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर नौ प्रतिशतभन्दा बढीले बढेकाे छ। 

सुझावित समाचार