सरकारलाई दबाब दिन जनमत र उन्मुक्तिबीच माेर्चाबन्दी

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय गरेका छन्। जनतासँग सरोकार राख्ने मुद्दाहरुमा सरकारलाई दबाब दिन भन्दै दुई पार्टीले मोर्चाबन्दीको निर्णय गरेका हुन्।

जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मोर्चाबन्दीका लागि आइतबार १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

टीकापुर घटनाका अभियुक्तहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी विधेयक पारित, मुलुकी फाैजदारी कार्यविधि संहिता अध्यादेश पारित गर्नुपर्नेलगायतका विषयमा दुई पार्टीले समान धारणा बनाउने सहमतिपत्रमा उल्लेख छ।

सुझावित समाचार