सातामा ११४ अंकले बढ्यो नेप्से

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

 नयाँ अर्थमन्त्रीको आगमनसँगै बढेको सेयर बजारले यस साता पनि निरन्तरता पाएको छ । यस साता पाँच दिन भएको कारोबारमा मंगलबार मात्र झिनो अंकको करेक्सन हुँदै अघि बढेको हो । 

नेप्सेमा आएको उत्तारचढावबीच नेप्से परिसूचक सातामा एक सय १४ दशमलव ६४ अंक अर्थात् ५ दशमलव ५५ प्रतिशतले बढेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्सेले दुई हजारको मनोवैज्ञानिक बिन्दुलाई पार गर्दै एक तहमाथि उक्लिएको हो ।

यस साता दुई हजार २८ बिन्दुको न्यूनतम बिन्दुबाट दुई हजार एक सय ५९ दशमलव ८२ को उच्चतम बिन्दुसम्म पुगेको थियो । यसबीचमा नेप्सेले एक सय ३१ अंकको उत्तारचढाव देखाउँदै नेप्से सूचक साताको अन्तिम बिहीबार दुई हजार एक सय ४३ दशमलव ९३ बिन्दुमा बन्द भएको छ । यसअघि नेप्सेले एक सय ६० अंकको अस्थिरता देखाएको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएपछि ११ महिनाअघिको सेयर कारोबार रेकर्डलाई ब्रेक गरेको छ । यसअघि ०७८ माघ २३ गते पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । 

See More On

सुझावित समाचार