टाइप अप्रुभल (टिए) भन्नाले के बुझिन्छ ?

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

सवारीसाधन निर्माताले धुवाँ निष्कासन, वाष्प निष्कासन र प्रदूषण नियन्त्रण उपकरणको टिकाउपनसँग सम्बन्धित परीक्षण गर्ने निकायसमक्ष सवारीसाधनको प्रकार अनुमोदनका लागि आवेदन दिन्छ ।

त्यसपछि इन्जिनको बनावट, वाष्पिक निष्कासन प्रणाली, प्रदूषण नियन्त्रणको संयन्त्रलगायतका विभिन्न परीक्षणका सर्त पूरा गरेका सवारीसाधनलाई टिएको स्वीकृति प्रदान गरिन्छ ।

नयाँ सवारीसाधन पैठारीका लागि सिओपी र टिए अनिवार्य चाहिन्छ । यसको उद्देश्य सवारीसाधनबाट हुने वातावरणीय प्रदूषण न्यून गर्नु हो ।

सुझावित समाचार