नेप्सेसँगै कारोबार रकममा उल्लेख्य वृद्धि

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

सेयर बजारको उकालो यात्रा आज पनि कायम रहेको छ। बुधबार करिब ६५ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ बिन्दुमा पुगेको छ। 

आज अन्य र बैंकिङ समूहबाहेक अन्य सबै समूहको सेयरमा हरियाली छाएको छ। यसमा पनि होटेल, बिमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। 

यस दिन नेप्सेसँगै कारोबार पनि रकममा उल्लेख्य वृद्धि भएको छ। आज दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब चार करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरीको ४३ करोडको सेयर किनबेच भएको छ।  

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको सयर सबैभन्दा बढी घटेको छ। 

सुझावित समाचार