श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष ओमप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन पूर्वशिक्षामन्त्री एवं काठमाडौं–९ बाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले गरेका हुन् ।
संस्थाले गत आर्थिक वर्ष ०७८/७९ मा तीन करोड ११ लाख ५४ हजार दुई सय रुपैयाँ सेयर पुँजी पुर्याएको छ । साधारणसभामा संस्थाका अध्यक्ष उप्रेतीले गत आवमा ३६ लाख २७ हजार रुपैयाँ सेयर पुँजी वृद्धि गरेको जानकारी दिए । संस्थाले १५ करोड ४५ लाख रुपैयाँ बचत गरी १७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा बचत ५२ लाख ९६ हजार रुपैयाँले घटेको छ भने ऋण लगानी ५६ लाख ४० हजारले बढाएको छ ।
संस्थाले आर्थिक वर्ष ०७८/७९ मा सरकारलाई १६ लाख ४३ हजार रुपैयाँ कर बुझाएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वशिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गरेका थिए ।