१७ अंकले बढ्यो नेप्से, ४ अर्ब ४ करोडको कारोबार

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

हप्ताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। 

अघिल्लो हप्ता तीन दिन लगातार बढेर दुई हजार बिन्दु नाघेको सेयर बजार परिसूचक नेप्से आज पनि १७.२४ अंकले बढेर दुई हजार ४६ दशमलव २६ बिन्दुमा पुगेर अडिएको छ। आज दुई सय ६१ कम्पनी १० लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब भार करोड ८८ लाखको कारोबार भएको छ। 

आज विकास बैंक र फाइनान्सबाहेक अर सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ भने सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन सिर्जनशील लघुवित्त, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्सुरेन्स र प्रभु लाइफ इन्सुरेन्सको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार