प्रधानमन्त्रीमा नियुक्त पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक गृहजिल्ला चितवन आइपुगेका छन्। नारायणी माविको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आएका हुन्। उनी आजै काठमाडौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ।
६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ। अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका– १० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ।