महान्यायाधिवक्तामा डा. पोखरेल नियुक्त

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपतिले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। 

संविधानको भाग १२ मा महान्यायाधिवक्ता रहने उल्लेख छ । सर्वोच्च अदालतका न्यायाधीशसरह सेवा–सुविधा पाउने महान्यायाधिवक्ताको नियुक्तिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्छन् । धारा १५८ मा महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार रहने उल्लेख छ ।

लामो समय कानुन व्यावसायी रहेका पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन्। पछिल्लो प्रतिनिधिसभा विघटनका मुद्दामा विघटनको विपक्षमा बहस गरेका थिए। 

सुझावित समाचार