प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. चार सयले बढेको हो  ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ६ सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख दुई सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले बढेर प्रतितोला रु. एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।
 
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव ६ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

See More On

सुझावित समाचार