काभा यू–२३ भलिबलमा नेपाल जितविहीन

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन बनेको छ । सोमबार भएको तेस्रो स्थानको भिडन्तमा श्रीलंकासँग ३–२ को सेटमा पराजित भएपछि नेपाल प्रतियोगितामा जितविहीन बनेको हो । प्रतियोगितामा पाँच खेल खेल्दा नेपालले एक खेल पनि जित्न सकेन । चार टोली सहभागी प्रतियोगितामा नेपाल चौथो भयो । 

बंगलादेश राजधानी ढाकास्थित सहिद सुरवार्दी कभर्डहलमा भएको कांस्य पदक भिडन्तमा नेपालले सुरुवाती सेट २५–२२ ले जितेको थियो । त्यसपछिका दुई सेटमा नेपाल लगातार २५–१९ र २५–१९ ले हार्यो । चौथो सेटमा पुनरागमन गर्दै नेपाल २५–२० ले जित्न सफल भयो । अन्तिम तथा निर्णायक सेटमा नेपाल १५–१० ले पराजित भयो । 

फाइनल खेलमा कीर्गिस्तानलाई ३–२ को सेटमा हराउँदै आयोजक बंगलादेश स्वर्ण पदक जित्न सफल भएको छ ।उपविजेता किर्गिस्तानले रजत र श्रीलंकाले कांस्य पदक प्राप्त गरे । आइतबार नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित भएको थियो । समूह चरणमा नेपाल बंगलादेश र श्रीलंकासँग सोझो सेटमा पराजित हुँदा किर्गिस्तानसँग ३–२ को सेटमा हारेको थियो । 

सुझावित समाचार