महान्यायाधिवक्ता खातीले दिए राजीनामा

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

सरकारका कानुनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा पेस गरेका हुन्। 

राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए। 

प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा उहाँ २०७८ साउन १ गतेदेखि नियुक्त उनले १७ महिना १० दिन काम गरे। 

सुझावित समाचार