भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका छन् ।
आइतबार राति ट्विटरमार्फत् मोदीले नेपाल र भारतबीच जनस्तरको सांस्कृतिक सम्बन्धमा आधारित मित्रता सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई छ । भारत र नेपालबीचको विशिष्ट सम्बन्ध गहिरो सांस्कृतिक र जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई थप सुदृढ गर्न म तपाईँसँग मिलेर काम गर्न प्रतिक्षारत छु’ मोदीले ट्विटरमा भनेका छन् ।