सत्तागठबन्धनको बैठक केही समयपछि पुनः बस्ने गरी सकिएको छ। दलहरूको आन्तरिक छलफलपछि पुनः बैठक बस्ने सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘छलफल जारी छ। केही समयपछि बैठक बस्छ,’ उनले पत्रकारहरूसँग भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो। निष्कर्षमा पुगिसकेको छैनौँ। आन्तरिक छलफलको पनि आवश्यकता हो।’ ब्रिफिङपछि कार्की बालुवाटारभित्रै बसेका छन्।
बैठकको बीचमै बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट जाँदै छन्।