एक अर्ब ६० करोडको एनआइबिएल ग्रोथ फन्ड योजनाको इकाइ बिक्री खुला

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

एनआइबिएल एस क्यापिटलले नयाँ सामूहिक लगानी कोष योजनाको इकाइ बिक्री खुला गरेको छ। क्यापिटलले पुस ७ बिहीबारदेखि  ‘एनआइबिएल ग्रोथ फन्ड’ नामक सामूहिक लगानी कोषको इकाइ बिक्री खुला गरेको हो।

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका दरले १६ करोड इकाइमध्ये बिज पुँजीबापत एक प्रतिशत (१६ लाख इकाइ) योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत (तीन करोड चार लाख इकाइ) कोष प्रवर्द्धक इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम १२ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

अहिलेसम्मकै सबैभन्दा ठूलो यस म्युचुअल फन्ड योजनाको आकार एक अर्ब ६० करोड रुपैयाँ र समयावधि १० वर्षको रहेको छ।

सुझावित समाचार