राजनीतिक गुटबन्दीका कारण शोभराजको रिहाइमा ढिलाइ : निहिता विश्वास

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण
राजनीतिक गुटबन्दीका कारण शोभराजको रिहाइमा ढिलाइ : निहिता विश्वास

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएकी छिन्। अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने नेताहरूका कारण शोभराजको रिहाइमा पाँच वर्ष ढिलाइ भएको उनको दाबी छ।

शोभराजजस्ता कैयौँ व्यक्तिको राजनीतिक पहुँच नभएर वा विदेशी भएकाले कैद मिनाहा नभएको उनले बताइन्। ‘यो रुल अफ ल होइन अब्युज अफ ल भइरहेको छ। चार्ल्स शोभराजजस्तो यहाँ अरू पनि कैदीबन्दीहरू छन् जसले मिनाहा पाउनुपर्नेछ। तर, उनीहरूको नामचाहिँ विदेशी भएकाले अथवा पहुँच नभएको कारणले हरेकपल्ट काटिन्छ,’ शोभराजकी श्रीमतीसमेत रहेकी विश्वासले भनिन्।

मुटुको रोग लागेका शोभराजको कारागारभित्रै निधन हुने देखेकाले पनि सर्वोच्चले उनलाई रिहा गर्ने निर्णय लिएको तर्क गर्दै विश्वासले सर्वोच्चको फैसलाले विदेशी कैदीको पक्षमा एउटा नजिर कायम गरेको उल्लेख गरिन्। 

सर्वोच्चको फैसलासँगै केन्द्रीय कारागारबाट थुनामुक्त भई शुक्रबार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ।

याे पनि : ‘चार्ल्स शोभराजले बिबिसी र नेटफ्लिक्सविरुद्ध कानुनी लडाइँ लड्ने’

सुझावित समाचार