नेपालका विभिन्न ट्राभल एजेन्सीलाई सलाम एयरको सम्मान

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

सलाम एयरलाइन्सले नेपालमा आफ्नो टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ । कम्पनीको नेपालका लागि जिएसए आइएमई इन्टरनेसनल ट्राभल्स प्रालिको संयोजनमा सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टलाई सम्मान गरेको हो । 

विभिन्न विधाअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको जनाइएको छ ।

त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रिब्युटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको कम्पनीले जनाएको छ । हाइएस्ट एन्सिलरी रेभिन्यु कन्ट्रिब्युटर अवार्डबाट जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यस्तै, राइजिङ स्टार विधाअन्तर्गत मार्बलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको जनाइएको छ ।

सोही अवसरमा सलाम एयर लाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूका लागि काम गरिरहेको संस्था स्नेही काख नेपाललाई खाध्य सामग्री तथा लत्ताकपडा वितरण गरेको कम्पनीले जनाएको छ । 

कार्यक्रममा नेपालका लागि जिएसए आइएमई इन्टरनेसनल ट्राभल्स प्रालिको मातृ संस्था आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरूले विजेता ट्राभल्सहरूलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताएका थिए । 

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल सेवा पुर्याउँदै आएको जनाइएको छ । यसले नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।

सुझावित समाचार