बैंक तथा वित्तीय संस्थाले गरेको ब्याजदर वृद्धिको विरोधमा नवलपुर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन तथा धर्ना कार्यक्रम गरेको छ।
मंगलबार पूर्वी नवलपरासीको कावासोतीको इन्द्रचोकमा नवलपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरूले धर्ना दिएका हुन्। यसअघि वाणिज्य संघले मंसिर २८ गते जिल्लाका सबै बैंक तथा वित्तीय संस्थामा ब्याज वृद्धि र मन्दिका वेला गरिएको कडाइविरुद्ध ज्ञापनपत्र बुझाएको थियो।
संकलित हस्ताक्षर बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई बुझाइने नवलपुर वाणिज्य संघका अध्यक्ष वैकुण्ठ अर्यालले जानकारी दिए।