दोलखामा सडक निर्माणमा खटिएका मजदुर भिरबाट खसेर बेपत्ता

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा भिरबाट खसेर एक पुरुष बेपत्ता भएका छन्। बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट खसेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कैलालीको घोडाघोडी नगरपालिका– ५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएका हुन्। घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए।

नासा हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेका थिए। प्रहरीका अनुसार उनको खोजी कार्य भैरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

सुझावित समाचार