सुकुमबासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूलाई नहटाउन निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै आयोगले काठमाडौं महानगरसहित सबै स्थानीय तह एवं सरकारी तथा गैरसरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो।

निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात् रोकिएको लगत संकलन र प्रमाणीकरण कार्य पुनः सुचारु हुने आयोगले प्रस्ट पारेको छ। उक्त अवधिसम्म भूमिहीन, सुकुमबासी र अव्यवस्थित बस्ती हटाउने र असुरक्षित हुने कुनै कार्य नगर्न–नगराउन आयोगले निर्देशन दिएको छ।

सुझावित समाचार