सन् १९६६ को विश्वकप इंग्ल्यान्डले आयोजना गरेको थियो । इंग्ल्यान्डले सन् १९५० को विश्वकपमा डेब्यु गरेको थियो । यसको १६ वर्षपछि इंग्ल्यान्डले विश्वकप आयोजना गर्न अवसर पायो । इंग्लिस फुटबल इतिहासमा यस विश्वकपमा प्रतिस्पर्धा गरेका खेलाडी अहिलेसम्मकै उत्कृष्ट मानिन्छ । यसै टोलीले इंग्ल्यान्डलाई पहिलोपटक विश्वकप उपाधि दिलाएको थियो ।
विश्वकपको फाइनलमा इंग्ल्यान्डले पश्चिम जर्मनीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । विश्वकपको फाइनल निकै प्रतिस्पर्धात्मक बन्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा गोल गर्दै पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै उपाधि उचाल्यो । इंग्ल्यान्ड च्याम्पियन बन्नुको पछाडि जेफ हर्टस्ले ह्याट्रिक गरेका थिए । खेलको ११औँ मिनेटमा जर्मनीका हेल्मुट हालेरले १–० को अग्रता दिलाए ।
जेफले १९औँ मिनेटमा इंग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्याए । खेलको ७८औँ मिनेटमा घरेलु टोलीका मार्टिन स्टानफोर्डले २–१ को स्थितिमा राखे । खेलको ९०औँ मिनेटमा वल्फगांग वेवरले जर्मनीलाई २–२ को बराबरीमा पु¥याए । त्यसपछि अतिरिक्त समयको १०१ र १२०औँ मिनेटमा जेफले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । विश्वकप इतिहासको फाइनलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् ।